

जनकपुरधाम ।
जनकपुरधाममा विजयादशमीको अवसर पारेर रावण बध गरिएको छ । शनिबार साँझ रावणको पुतला बनाएर ‘बध’ गरिएको हो ।
जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, मेघनाथ र कुम्भकर्णको पुतलामा आगो लगाइएको हो । रावण बध भएको खुशियालीमा पटाका समेत पड्काइएको थियो ।
१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले विजय प्राप्त गरेको खुशियालीमा रावण बध कार्यक्रम गरिदैं आएको छ ।
जनकपुरधामस्थित धनुष सागर पोखरीको डिलमा रावण बध कार्यक्रम हेर्न नगरवासीलगायत विभिन्न स्थानबाट आएका सर्वसाधारणहरूको घुइँचो लागेको थियो ।
जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा करिव साढे ३ लाखको लागतमा ५२ फिटको रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको बध गरि दहन गरिएको हो ।
यसवर्ष राम मन्दिर तथा राजदेवी मन्दिरका महन्थ राम गिरीले रावण बध गरेका हुन् ।
