Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गुञ्जिन छोडे ‘रसन चौकी’





जनकपुरधाम ।
शारदीय नवरात्री सकिएको छ । आज हिन्दु धर्मावलम्बीहरु मता दूर्गाले महिषासुरमाथी विजय प्राप्त गरेको दिनलाई स्मरण गर्दै विजयदशमी पर्व मनाई रहेका छन् । शारदीय नवरात्री तथा विजय दशमी पर्वको अवसर पारेर पहिले मिथिलाञ्चलका गाउँ गाउँ रसन चौकी तथा सहनाईको आवाजले गुञ्जायमान हुन्थे । तर अचेल रसन चौकी तथा सहनाईको आवाज सुनिन छोडेको छ । अर्थात मिथिलाको लोकबाजाको रुपमा रहेको रसनचौकी बजाउन युवाहरु आकर्षित नभएपछि लोपोन्मुख अवस्थामा पुगेको छ ।
रसन चौकी बजाउनेहरुको आम्दानी राम्रो नभए पछि मिथिलाको यो लोक वाद्यययन्त्र लोपोन्मुख अवस्थामा पुगेको हो । मिथिलामा बिहे, व्रतबन्ध, मुण्डन लगायत दशैँ सहितको पर्वमा रसन चौकी वाद्ययन्त्र बजाउने परम्परा रहेको थियो । अचेल त्यस्ता कामहरुमा ब्याण्ड बाजाले स्थान ओगटेका छन् । रसन चौकी बजाउने कलाकारहरु समेत अचेल आधुनिक बाजामा आकर्षित हुँदै गएका छन् ।
युवाहरुलाई आधुनिकताले छोएपछि रसन चौकीमा बजाइने वाद्ययन्त्रहरु ढोल, पिपही, दुग्गी, तासा लगायतका लोकबाजाप्रति युवाहरुमा वितृष्णा बढ्दै गएको पाइन्छ । शुरुमा मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रुपमा लिइन्थ्यो । तर कलान्तरमा गएर यो पेशालाई जातियता संग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरुको दुर्दशा सुरु भएको कतिपयको भनाई छ । मिथिला क्षेत्रमा पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरु चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेशालाई तल्लो स्तरमा राखेर हेर्न थालिएकाले पनि बजनाउनेहरुमा पनि हिनताको भावना पैदा भएको पिपही बजाउने पेशमा लागेका सबैलाका विनोद रामले बताए । जसका कारण चमार जातिका युवाहरु समेत अन्य पेशामा रमाउन थालेको उनको भनाई छ । विनोदले मनोरञ्जनका लागि मात्रै अब रसन चौकी बजाउने गरेको बताए । उनले रसन चौकी बजाएर जिविका नचल्ने भएपछि बाध्यतावश आधुनिक बाजागाज बजाउनु परेको समेत सुनाए । मिथिलाविहारी नगरपालिकाका रसन चौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिला विहारी मन्दिरमा मात्रै बेलुका आरतीको बेला रसन चौकी बजाउने गरेको बताए । उनले रसन चौकी बजाएर जिविका चलाउने उपाय नभएपछि जहाँ बाट पैसा आउँछ परिवार चलाउन त्यही काम गर्ने गरेको बताए । जातीय विभाजनलाई त्यागेर युवाहरुले ब्याण्ड निर्माण गरी मिथिलाको लोकबाजा सहित लोकगीतहरुको संरक्षण तर्फ अगाडी आए मात्रै यसको संरक्षण गर्न सकिने बताए ।
मैथिलीका प्रसिद्ध गायक डा. आभाष लाभले युवाहरुलाई आधुनिक गीत संगितका साथै आधुनिक वाद्ययन्त्रले छोएपछि रसन चौकी लोपोन्मुख अवस्थामा पुगेको बताए । उनले भने ‘रसन चौकीमा सीमित गीतका साथै सीमित वाद्ययन्त्र हुन्छ जबकि गीतसंगितको क्षेत्र धेरै नै विकसित भई सकेकाले यसले रसन चौकी लोपोन्मुख अवस्थामा पुगेको छ ।’
रसन चौकीमा ढोल तथा पिपहीको प्रयोग हुन्छ र केही सीमित लोकगीतहरु, गायक लाभले भने‘रसन चौकी लगायतका वाद्ययन्त्रलाई पुनर्जीवित पार्नका लागि युवाहरुलाई अगाडी आउनु आवश्यक छ ।’