Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हाइड्रोलिक सिस्टम फेल भएको एयर इन्डियाको विमान सुरक्षित अवतरण





तमिलनाडु । 

तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ । शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो ।

यसपछि विमान करिब ३ घण्टासम्म आकाशमा घुमिरह्यो । यस पछि, विमान लगभग भारतीय समयअनुसार ८ बजेर १५ मा सुरक्षित अवतरण भयो। भारतको नागरिक उड्डयन मन्त्रालयले स्थितिबारे थप मूल्याङ्कन भइरहेको जानकारी दिएको छ ।

एयर इन्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्य सवार थिए। सिस्टम फेल भएको थाहा पाएलगत्तै विमानस्थलमा आपत्काल घोषणा गरिएको थियो । पाइलट विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका थिए ।

पाइलटको आकस्मिक सन्देश पाएलगत्तै दमकल र एम्बुलेन्सलाई विमानस्थलमा तैनाथ गरिएको थियो । साथै आकस्मिक उद्धार टोली पनि तयारी अवस्थामा राखिएको छ ।

विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको थियो । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रियाअनुसार विमान अवतरण भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।