

एजेन्सी ।
इजरायलले लेबनानमा फेरि आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ ।
बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन् । राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ । आक्रमणपछि धेरै एम्बुलेन्स अमेरिकन युनिभर्सिटी अस्पतालतर्फ गइरहेका देखिएका छन् । एम्बुलेन्समा घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।
