Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजदेवीमा वलि प्रदान राति ८.३९ मा शुरु





जनकपुरधाम
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवीमा वलि प्रदान शुरु भएको छ । वलि प्रदान कार्यक्रमका प्रमुख आयोजक महावीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिल कुमार प्रसादले राति ८ बजेर ३९ मिनेटमा वलि प्रदान शुरु भएको छ ।
वलिका लागि मन्दिर पश्चिमतर्फ रहेको ४ बटा ठेहा बनाइएको छ जसमा वलि कार्यक्रम भइरहेको छ । रातिभरीमा करिब १५ हजार बोकाको वलि दिइने बताइएको छ ।
वर्षातका कारण नेपालका विभिन्न सडकहरु क्षतिग्रस्त भएका कारण धेरै व्यक्ति आउन नसकेकाले बोका संख्या घटने केही व्यक्तिले बताएपनि पूर्व अध्यक्ष प्रसादले १५ हजारकै हाराहारीमा वलि दिइने दाबी गर्नु भएको छ ।
वलि प्रदान पूर्व राजदेवीको विशेष पूजा गरिएको छ भने नेपाली सेनाले विशेष सलामी दिएका छन् ।