Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

को बन्ला रतन टाटाको उत्तराधिकारी ?





नयाँ दिल्ली ।

भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका मानार्थ अध्यक्ष रतन टाटाको निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन सकिँदैन । तर, रतन टाटा एक अर्बपति मात्र थिएनन् । रतन टाटा र उनको समूहले भारतको अर्थतन्त्र र रोजगारीमा ठुलो योगदान दिएका छन् । टाटा आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टमार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि परिचित थिए । टाटाको निधनपछि अब उनको उत्तराधिकारी को बन्ला भन्ने चासो छ ? करिब ३८ अर्ब भारु रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहे ।

रतन टाटाको उत्तराधिकारीबारे अहिले मात्रै चर्चा परिचर्चा शुरु भएको होइन । लामो समयदेखि यी बहस चल्दै आएका थिए ।टाटा समूहमा एन चन्द्रशेखर सन २०१७ देखि टाटा सन्सको अध्यक्षको भूमिका निभाइरहेका छन् । यिनीबाहेक पनि टाटा समूहका विभिन्न कम्पनीमा धेरै व्यक्ति छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गरेको देख्न सकिनेछ ।

नोएल टाटा

रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन् । टाटाको पत्नी वा सन्तान कोही नभएकोले यो सम्बन्धले नोएल टाटाको विरासतको उत्तराधिकारी बनाउँछ । नोएल टाटाका तीन सन्तान छन् जसमा माया, नेभिल र लेआ छन् । यिनीहरू पनि रतन टाटाको उत्तराधिकारी बन्न सक्छन् ।

माया टाटा

माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा यिनले निरन्तर प्रगति गरिरहेकी छन् । बेउज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन् । यस अवधिमा मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

नेभिल टाटा

नेभिल टाटा ३२ वर्षका भए । आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुयार्उन व्यस्त छन् । नेभिल टाटाले टोयोटा किर्लाेस्कर समूहकी मानसी किर्लाेस्करसँग विवाह गरेका छन् । यिनी  ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन स्टार बजारका प्रमुख हुन् ।

लीह टाटा

नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लीहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्त्वपूर्ण योगदान दिएकी छिन र विगत १० वर्षदेखि होटेल उद्योगसँग आबद्ध छिन् ।

माया, नेभिल र लीहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।

उत्तराधिकारीसम्बन्धी प्रश्न

रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्रै निर्देशित गर्दैनथे समूहको परोपकारी पहलहरूमा पनि घनिष्ठ रूपमा संलग्न थिए । यस्तो अवस्थामा, भावी उत्तराधिकारी आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने गरी जिम्मेवारी लिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठ्छ ।