Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीको सुनकोशीमा जनकपुरियाहरुले राहत वितरण गरे





जनकपुरधाम
सिन्धुली जिल्लाको सुनकोशीमा बाढीका कारण जनजीवन प्रभावित भएपछि जनकपुरधामबासीले राहत वितरण गरेका छन् । एक सय भन्दा बढी परिवारका लागि राहत लिएर सुनकोशी पुगेको जानकारी नेपाली कांग्रेसका युवा नेता मनोज चौधरीले दिएका छन् ।
राहतमा एक सय २ बोरा चाबल, ५ किलोको च्यूरा एक सय थान, ५ किलोको दाल एक सय थान, नून एक सय थान, आधा लिटरको खानेतेल एक सय थान, दूई सय कार्टुन पानी र १५ कार्टुन चाउचाउ वितरण गरिएको छ ।
कांग्रेसका नेता गणेश तिवारीको नेतृत्वमा वितरण गरिएको सो राहत सामग्री वितरण गर्न घरेलु तथा साना उद्योग महासंघ मधेश प्रदेशका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंह, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साह, मिनापका अध्यक्ष परमेश झा, राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, कांग्रेसका युवा नेता एवं माँ जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरी, नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंह लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
बाढ़ी–पीडि़तिको लागि राहत सामग्री सुनकोशी गापाका उपाध्यक्ष कपिल कोइरालाको जिम्मा लगाईएको थियो ।