Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एआईसहितको आइफोन १६ आजबाट नेपाली बजारमा





काठमाडौं ।
नेपाली उपभोक्ताले आजदेखि ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले आजैदेखि नेपाली बजारमा आइफोन १६का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाउने  बताइन् ।
उनले भनिन्, ‘ हामीले आजदेखि नै नेपालमा आइफोन १६ का सिरिजहरू नेपाली उपभोक्ताले देशभरका स्टोरहरूबाट किन्न पाउनेगरी उपलब्ध गराइसकेका छौं ।’ उनका अनुसार काठमाडौंमा न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् ।
यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट पनि आइफोनका १६ सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।
आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्ने भिमसरियाको भनाइ छ । एप्पलका म्याकबुक र आइप्याड किन्न हुलास फाइन्सबाट ईएमआई मार्फत उपलब्ध रहेकोउनले बताइन् ।
यो सिरिज अन्तर्गत कुल चार मोडेल (आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स) रहनेछन्, जसको मूल्य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् ।