Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोरोनाको समयमा ट्रम्पले पुटिनलाई कोभिड टेस्ट किट पठाएको दाबी





एजेन्सी ।
वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति पुटिनलाई व्यक्तिगत प्रयोगका लागि पठाएको दाबी गरेका छन् ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ । डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी ‘मनगढन्ते कथाहरू’ मध्ये कुनै पनि सत्य नभएको बताएको छ ।
रिचर्ड निक्सन राष्ट्रपति पदमा रहेका बेला वाटरगेट घोटालाको पर्दाफास गर्नको लागि आफ्नो भूमिकाको लागि प्रसिद्धिमा पुगेका वुडवर्डले उच्च–स्तरका स्रोतहरूमा पहुँचको आधारमा धेरै पुस्तकहरू लेखेका छन् ।