Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सचिव साह सहित ७ जनाको निलम्बन जनमतद्वारा फुकुवा





जनकपुरधाम ।
जनमत पार्टीले सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा गरेको छ ।
पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा साह सहित ७ जना नेताहरुलाई जनमत पार्टीले ३ निलम्बन गरेको थियो ।
त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।
अनुशासन समितिको सिफारिसमा जनमतका केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो ।