Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सनथ जयसूर्या बने श्रीलंकन क्रिकेट टिमको मुख्य प्रशिक्षक





एजेन्सी ।
सनथ जयसूर्या श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
श्रीलंका क्रिकेटको कार्यकारी समितिले सोमबार जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो ।
श्रीलंका क्रिकेटले सोसल मिडिया प्लेटफर्म एक्समा विज्ञप्ति जारी गर्दै सनथ जयसूर्या मार्च ३१, २०२६ सम्म मुख्य प्रशिक्षक पदमा रहने बताएको छ ।
श्रीलंका क्रिकेटले हालै भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डमा टोलीको राम्रो प्रदर्शनलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएको छ । टोलीको यो भ्रमणमा सनथ जयसूर्या अन्तरिम प्रमुख थिए ।
श्रीलंका क्रिकेट टोलीले सनथ जयसूर्यालाई बधाई दिँदै लिजेन्ड फर्किएको बताएको छ ।