Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आज माता कात्यायनीको पूजा गरिदै





जनकपुरधाम ।
नवरात्रिको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ ।
माता कात्यायनीको नवरात्रिको हरेक छैठौं दिन पूजा गरिन्छ । कात्य गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरे । उनले कठोर तपस्या गरे । उनले पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गरेका थिए । माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् ।
यसरी यी देवीको नाम कात्यायनी रहन गयो । यिनको गुण शोधकार्य छ । त्यसैले यी देवीको वैज्ञानिक युगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने विश्वास छ । यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन् । माता कात्यायनी अमोघ फलदायिनी छिन् । भगवान कृष्णलाई श्रीमानको रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए । त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो । त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ । यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन् ।
यिनका चार हातहरु छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा रहेको छ । माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यिनको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।