Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु





जनकपुरधाम ।
धनुषामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने ४८बर्षिय विश्वेश्वर मण्डल रहेका छन् ।
धनुषाका प्रहरीका अनुसार अनुसार जनकपुरबाट धनुषाधाम तर्फ गइरहेको स ७ प ३९३२ नम्बरको मोटरसाईकल मिथिलाविहारी नगरपालिका २ पर्शुराम तलाउनजिक अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते मण्डलको उपचारकालागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा पछाडि सबार मृतककै आफन्त नन्द मण्डलकी २२ वर्षीया छोरी रेणु मण्डल गम्भीर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको छ ।