Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एकिकृत समाजवादी मधेसको पुस ६ र ७ गते अधिवेशन हुने





जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादी मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते गर्ने निर्णय गरिएको छ ।
सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।
एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको हो । यस्तै कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय भएको छ ।
बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।