Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यमुनामाई गाउँपालिकामा कांग्रेसी कार्यकर्ताले लगाए ताला





रौतहट ।
नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरूले रौतहटको यमुनामाई गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा नम्बर ४ को कार्यालय पायक स्थानमा सञ्चालन गर्नुपर्ने माग गर्दै कांग्रेस गाउँ कमिटी कार्यकर्ताहरूले गाउँपालिका कार्यालयमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो । दोस्रो पटक निर्वाचित भएका वडा ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले अपायक स्थानबाट वडा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई निकै कठिनाइ हुने गरेको कांग्रेसको तर्क छ । पटक पटक वडा अध्यक्ष, पालिका अध्यक्षसँगै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नहुँदा बाध्य भएर २४ घण्टे रिले अनसन बसेको कांग्रेस पालिका सभापति सिताराम यादवले बताए ।
यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले तालाबन्दीको कारण अहिले चलिरहेको विपद व्यवस्थापनको कामहरू प्रभावित भएको बताए ।