

एजेन्सी ।
चीन सरकारसँग सम्बन्धित ह्याकरहरूको समूहले पछिल्ला केही दिनयता कयौँ अमेरिकी दूरसञ्चार कम्पनीहरूमाथि हमला गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अत्यधिक कुशल ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीलाई निशाना बनाएका थिए ।
खबरका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधमा समेत पहुँच बनाएको हुनसक्छ । यस ह्याकिङमा भएको क्षतिबारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटीएन्डटी, भेरिजोन र लुमेनलगायत कयौँ प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् ।
