

जनकपुरधाम ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार लगाइएको छ । जनकपुरधामको गोपाल धर्मशालामा घटस्थापनाका दिन दशैँ सस्तो बजारको उदघाटन गरिएको हो । सुपथ मूलयमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरुको चहल पहल बढेको छ ।
दशैँ सस्तो बजारमा लत्ताकपड़ा, जुत्ताचप्पल, श्रृंगारका सामान, घरेलु सामान, सजावटका सामाग्रीका साथै खाद्यवस्तुहरु व्यापारीहरुले बिक्री गर्दै आईरहेका छन् । जनकपुरधाममा दशैँको मेला वरपरका गाउँबाट आएकाहरु दैनिक उपभोग्य वस्तु खरिद गर्नकालागि पुग्ने गरेका छन् ।
जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपड़ाको स्टल लगाएका व्यापारी पप्पुकुमार गुप्ताले बताए । पसलमा सामानहरुको स्टक थियोे, बजारमा ग्राहक नै थिएन तर यहाँ स्टल लगाएपछि केही सामानहरु बिक्री भएका छन् र भईपनि रहेका छन् उनले भने ।
घरेलु सामाग्रीको स्टल लगाएका रामवरण चौधरीले बजारमा सामानहरु बिक्री हुनै छोडेको र सटर भाडासम्म उपर हुन छोडेका थिए । अब यो सस्तो बजारले आर्थिक रुपमा हामी व्यापारीलाई केही हदसम्म सबल बनाउने चौधरीले बताए ।
सस्तो बजारमा सामान्य दिनको तुलनामा सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफू सस्तो बजारमा आएको आयुष आदित्य ठाकुरले बताए । यद्यपि उनले सस्तो बजारमा गुणस्तरहिन तथा डेट एक्सपायर सामानहरु समेत बिक्री हुने भएकाले त्यस तर्फ सचेत रह्नु परिरहेको दुखेसो पोखे ।
