Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा चाड पर्व लक्षित सुरक्षा योजना अन्तर्गत ६ हजार बढी सुरक्षाकर्मी परिचालन

ड्रोनबाट निगरानी समेत राखिने





जनकपुरधाम ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । प्रदेश प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई ध्याननमा राखेर सुरक्षा योजना तयार पारेको हो ।
प्रदेशलाई भयरहित चाडपर्व मनाउन प्रदेशका हरेक जिल्लामा १ हजार ४ सय भन्दा बढी प्रहरी टोली खटाइएको छ । चाडपर्वमा हुन सक्ने विभिन्न अपराधलाई वर्गीकरण गरेर सुरक्षा योजना तयार पारिएको मधेस प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रदेशमा हुनसक्ने सम्भावित अपराधहरूमा चोरी तस्करी, मठ मन्दिरमा पूजाआजा भिडभाड, सवारीसाधनको बढी चाप, कालो बजारी, जुवा तास, मूर्ति विसर्जनको सुरक्षा, पकेटमारी÷चेन स्न्याचिङ लगायत घटना, मेलाहरूमा सुरक्षा, सांस्कृतिक सुरक्षा, सरकारी कार्यालयको सुरक्षा, बैंक तथा वित्तीय संस्थाहरूमा भिड, चोरी बढ्न सक्ने, पटका तथा आतिशबाजीको प्रयोग, मादक पदार्थ तथा लागु औषधको सेवन गरी सवारी चलाउनेलाई सम्भावित अपराधको शीर्षकमा राखेको छ ।
यसै गरी लागु औषध कारोबार, धार्मिक सद्भाव, यात्रुहरू ठगिने समस्याहरूलाई प्रदेश प्रहरीले सुरक्षा चुनौतीको शीर्षकमा राखेको छ ।
मधेस प्रदेश प्रहरीको चाडपर्व लक्षित गर्दै तयार पारेको सुरक्षा योजना असोज १५ देखि कार्तिक २५ गतेसम्म लागू रह्नेछ । प्रहरीले प्रदेशमा खास गरी १७ प्रकारका चुनौतीहरू रहेका विवरण सार्वजनिक गरेको छ ।
प्रदेशका ८वटै जिल्लामा उस्तै प्रवृत्तिको चुनौतीहरू रहेको पाइएको मधेस प्रहरी प्रमुख लालमणि आचार्यले बताए । खुल्ला सीमा भएका कारण प्रदेशका जिल्लाहरूमा चोरी र तस्करी प्रमुख चुनौती देखिएको प्रदेश प्रहरीले जनाएको छ ।
यी सम्भावित अपराधलाई प्रहरी रोक्न प्रहरीले प्रदेशभरि व्यापक संख्यामा प्रहरी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ । प्रदेश प्रहरीले शान्तिपूर्ण चाडपर्व मनाउनका लागि प्रदेशभरि ६ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने रणनीति तयार पारेको छ ।
दसैँ तिहारको मौका छोपी हुन सक्ने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न ६ हजार ३९४ जना प्रहरी खटाइने योजना बनाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न सुरक्षा योजना अनुरूप जनशक्ति खटिने जनाइएको छ ।
प्रहरीले प्रदेशमा आवश्यक्ता अनुसार ‘डग स्निफिङ’ र ‘ड्रोन’ क्यामराको मद्दतबाट समेत सुरक्षा दिने योजना बनाइएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीले सबैभन्दा बढी पिकेटतर्फ प्रहरी टोली खटाएको छ, जसमा ३२५ ठाउँमा प्रहरी परिचालन हुनेछन् ।
त्यसपछि फुट पेट्रोल २१२, मोबाइल पेट्रोल १२३, आर्थिक कारोबार हुने स्थानहरूको सुरक्षा १०३, ट्राफिक सहितको चेकिङ ११६, हाइवे स्कर्टिङ २६, तस्करी नियन्त्रण सीमा नाकामा ८६ वटा टोली गरी २३ प्रकारका ड्युटीमा टोली परिचालन गर्ने सुरक्षा योजना बनाएको छ ।