Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दशैँको चौथो दिन माता कुष्माण्डाको पूजा गरिदै





जनकपुरधाम ।
दसैंको चौथो दिन आज नवदुर्गाका नौ रूपमध्ये कुष्माण्डा देवीको पूजाआराधना तथा दर्शन गरेर मनाइदै छ ।
यस दिन पनि घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।
सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो ।
धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।
यो धार्मिक मान्यतालाई विज्ञानसँग जोड्दा मृत्यु, रोग र कमजोरीको समस्या समाधान गर्ने एउटै जडिबुटी कुपिण्डोको सेवन तर्फ पनि यसले संकेत गरेको हो कि भन्ने विश्वास गर्न सकिन्छ ।
देवी भागवतअनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व, जतिबेला सृष्टिकै अस्तित्व थिएन, त्यसबेला देवी कुष्माण्डाले आफ्नो हास्यबाट ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले उनलाई साक्षात् आदिशक्ति मानिन्छ ।