

जनकपुरधाम ।
बरिष्ठ अधिवक्ता एवं मैथिलीका साहित्यकार युगलकिशोर लालको एकल काव्य प्रस्तुती सम्पन्न भएको छ । मैथिली साहित्यकार सभाको आयोजनामा शनिवार मोडेल कलेजमा आयोजना गरिएको काव्य प्रस्तुतीमा कवि लालले आफ्ना कविताहरु वाचन गरेका थिए । उनले आफ्ना काव्य संग्रह गर्दभ रागबाट कविताहरु वाचन गरेको मैथिली साहित्यकार सभाका पूर्व सभापाल प्रेम विदेह ललनले जानकारी दिए ।
एकल काव्य प्रस्तुतीमा दर्जनौ साहित्यकार तथा कविहरुको सहभागिता रहेको थियो । कवितामाथि समीक्षा गर्दै समीक्षक एवं वरिष्ठ साहित्यकार रामचन्द्र झा ‘रमण’ले भन्नुभयो – समाजको अवस्थालाई धेरै नजिकबाट युगलकिशोर हेर्नुभएको उहाँको कविताहरुले देखाइरहेको छ । कथ्य पनि उच्चकोटी र शिल्पपनि त्यही रुपमा उहाँको कवितामा देखिएको उहाँले बताउनुभयो ।
मैथिली साहित्यकार सभाले प्रत्येक ३ महिनामा एक जना कविको एकल प्रस्तुतीको आयोजना गर्दै आईरहेको छ ।


