Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको छत्तीसगढमा ३० जना माओवादी मारिएको दाबी





एजेन्सी ।
भारतीय राज्य छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लामा प्रहरीले भिडन्तमा ३० जना माओवादी मारिएको दाबी गरेको छ । मुठभेड स्थलबाट ठूलो परिमाणमा अत्याधुनिक हतियार बरामद पनि भएको प्रहरीले जनाएको छ ।
भिडन्तपछि खोजी अभियान जारी छ । प्रहरीले मारिने माओवादीको संख्या बढ्ने अनुमान पनि गरेको छ । बीबीसी हिन्दीका अनुसार माओवादीविरुद्ध अपरेसनका लागि बिहीबार ओर्छा र बारसुर थानाबाट विशेष कार्यदल र जिल्ला रिजर्भ गार्डको छुट्टाछुट्टै टोली गएको एक उच्च प्रहरी अधिकारीले बताए ।
प्रवक्ताका अनुसार नेन्दुर–ठुलाथुली जंगलमा शुक्रबार दिउँसो ‘शंकास्पद माओवादी’सँग भिडन्त भएको थियो जुन साँझसम्म जारी रह्यो । घटनास्थलबाट अहिलेसम्म ३० माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनीहरूको परिचय भने खुल्न सकेको छैन ।
तर बरामद हतियारको प्रकारका कारण मारिनेमा माओवादीका केही ठूला नेता पनि हुन सक्ने आशंका गरिएको छ । राज्यका मुख्यमन्त्री विष्णुदेव साईले सुरक्षाकर्मीले ठूलो सफलता हासिल गरेको बताएका छन् ।