

जनकपुरधाम ।
हिन्दु धर्माबलम्बीहरुको पर्व दशैँलाई लिएर रमझम देशैभरी छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिर सहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिसंगै दशैँको आरम्भ भएको हो ।
जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । भक्तजनहरुको घुइचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ ।
राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । दशैँको पहिलो दिन शैलपुत्री माता पूजा गरिएको थियो भने दोस्रो दिन माता ब्रह्मचारिणी माताको पूजा गरियो ।
दशैँको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिदै छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद प्राप्त हुने मान्यता छ ।
