Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नहरमा डुबेर बालकको मृत्यु





जनकपुरधाम ।
सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् । शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ ।
माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो । उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।