Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५१ लाख जम्मा मधेस सरकारसंग सत्ता गठबन्धनको आग्रह





जनकपुरधाम ।
मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले असोज १२ र १३ गते लगातार बर्षाका कारण आएको बाढी, पहिरो र डुवान आदिका प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम दिन सरकारसँग आग्रह गरेको हो ।
सत्ता गठबन्धनको सोही बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समिति समेत गठन गरेको छ ।
मधेश प्रदेशसभामा लोसपा नेपाल संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरिएको छ ।
सो समितिमा नेकपा एमालेबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीबाट प्रदेशसभा सदस्य सञ्जय कुमार यादव सदस्य छन् ।