Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गढीमाइ मन्दिरमा महाआरती





जनकपुरधाम ।
वारा जिल्लाको गढीमाइ मन्दिरमा महाआरती शुरु भएको छ । प्रत्येक दिन साँझ संगीतप्रधान आरती हुनेछ । पुजारी ओमप्रकाश उपाध्यायको नेतृत्वमा ३ जना पण्डितले एकसाथ आरती गरिरहेका छन् । सो आरतीका लागि पाँचजना पण्डितलाई जनकपुरधाममा प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षण जनकपुरधामका गंगा आरतीका टिमले दिइएका थिए ।

गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको संयोजकत्वमा आरतीका लागि एउटा कमिटी बनाइएको छ । नगरप्रमुख यादव दूई महिना पूर्व जनकपुरधामको आरती हेर्न आएका थिए । सोही क्रममा जनकपुरधामको आरतीका सूत्रधार प्रदेश सांसद रामअशिष यादवसँग भेट भएपछि गढीमाइमा आरती शुरु गर्ने निर्णय गरेको थियो ।