Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले छोडे मुख्यमन्त्री निवास





एजेन्सी ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास छोडेका छन् । आम आदमी पार्टीको सोसल मिडिया प्लेटफर्म एक्स ह्यान्डलबाट उक्त जानकारी गराइएको हो ।
एक्समा लेखिएको छ– केजरीवालजी मुख्यमन्त्रीको निवासबाट निस्किए । अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुनः मुख्यमन्त्री बनाउँदैनन् तबसम्म पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन् ।
दिल्लीको मदिरा नीतिमा घोटाला गरेको मुद्दामा जेलमा रहेका केजरीवालले धरौटीमा रिहा भएपछि गत असोज १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । गत असोज ५ गते आम आदमी पार्टीकी नेता आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।