एजेन्सी ।
बंगलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ ।
भारतसहित अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञलाई बंगलादेश सरकारले फिर्ता बोलाएको बीबीसीले जनाएको छ । विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा देश छाडेर भारत भागेकी थिइन् ।
त्यसपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो । यसअघि बंगलादेशले आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।
हालै अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अमेरिकाको भ्रमण पनि गरेका थिए । जहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए । बंगलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ ।
भारतसहित अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञलाई बंगलादेश सरकारले फिर्ता बोलाएको बीबीसीले जनाएको छ । त्यसपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।
यसअघि बंगलादेशले आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो । हालै अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अमेरिकाको भ्रमण पनि गरेका थिए । जहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए ।