Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सोनामाई मन्दिरमा भूत मेला शुरु





जनकपुरधाम ।
महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा आजबाट भूत मेला शुरु भएको छ । शारदीय नवरात्रीभर सोनामाई मन्दिरमा वर्षोदेखि भूतमेला लाग्दै आईरहेको छ ।
हरेक वर्ष झै यस वर्ष पनि भुत मेलाको आयोजना गरिएको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए । मेलामा हजारौं पीडित दर्शनार्थीको भीड लाग्नने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् ।
सोनामाईमा लाग्ने यो भूत मेलामा सहभागी हुनेहरु निको भएर फर्किने गरेको जनविश्वास छ । वर्षौं देखि भूत, पिशाच, कालो जादु टुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको त्यहाँका स्थानीयको भनाई छ ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् ।