Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका बालकको मृत्यु





जनकपुरधाम ।
सर्लाहीमा नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टरले किच्दा १२ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा अन्य तीनजना बालक घाइते भएका छन् । सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिँदा घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन् । घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।