Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

गाजा, बेरुत र सिरियामा एकै पटक इजरायलको आक्रमण, ६ जना मारिए





एजेन्सी ।
इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको छ । बिहीबार बिहान लेबनानमा गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।
इजरायलले त्यहाँ रहेका स्थानीयलाई आफूहरूले आक्रमण गर्ने सूचना दिएर घर छाड्न समेत भनेको जनाएको छ । इजरायलले हिजबुल्लाहको संरचनामा प्रहार गरेको जनाएको छ । सिरियामा भएको आक्रमणमा ३ जना तथा गाजामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको छ ।
दक्षिणी लेबनानको सीमामा दुई पक्षको बिचमा अझै पनि भूमि युद्ध नै जारी छ । बुधवार लेबनानको सीमामा ४०० मिटर परसम्म पुगेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । (आईडीएफ)ले लेबनानका ५१ गाउँका बासिन्दालाई आफूहरूले आक्रमणको तयारी गरेकाले घर छाड्न समेत भनेको थियो । बुधबारसम्म इजरायलले हिजबुल्लाहको ५० प्रतिशत संरचना नास गरेको जनाएको छ ।
यसैगरी हिजबुल्लाहले पनि लेबनानमा आक्रमण गर्ने तयारीमा रहेको इजरायलको सुरक्षा दस्तामा २ दर्जन पटक आक्रमण गरेको जनाएको छ ।
इरानका राष्ट्रपति मसुद पेजस्कियनले मंगलबार गरिएको मिसाइल आक्रमणको बारे प्रतिक्रिया दिएका छन् । पेजेस्कियनले इजरायलले प्रतिक्रिया जनाएमा यसको बदलामा इरान पनि चुप लागेर नबस्ने तथा अझ कठोर परिणाम आउन सक्ने जनाएका छन् । यस घटना पनि जोर्डन, अमेरिका र बेलायतले आक्रमणको निन्दा गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगै इरानको आक्रमणको प्रतिकार जनाउने अधिकार भए पनि त्यहाँको आणविक भट्टीमा आक्रमण गर्ने कुरामा सहमत नभएको जनाएका छन् ।