Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गाजा, बेरुत र सिरियामा एकै पटक इजरायलको आक्रमण, ६ जना मारिए





एजेन्सी ।
इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको छ । बिहीबार बिहान लेबनानमा गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।
इजरायलले त्यहाँ रहेका स्थानीयलाई आफूहरूले आक्रमण गर्ने सूचना दिएर घर छाड्न समेत भनेको जनाएको छ । इजरायलले हिजबुल्लाहको संरचनामा प्रहार गरेको जनाएको छ । सिरियामा भएको आक्रमणमा ३ जना तथा गाजामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको छ ।
दक्षिणी लेबनानको सीमामा दुई पक्षको बिचमा अझै पनि भूमि युद्ध नै जारी छ । बुधवार लेबनानको सीमामा ४०० मिटर परसम्म पुगेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । (आईडीएफ)ले लेबनानका ५१ गाउँका बासिन्दालाई आफूहरूले आक्रमणको तयारी गरेकाले घर छाड्न समेत भनेको थियो । बुधबारसम्म इजरायलले हिजबुल्लाहको ५० प्रतिशत संरचना नास गरेको जनाएको छ ।
यसैगरी हिजबुल्लाहले पनि लेबनानमा आक्रमण गर्ने तयारीमा रहेको इजरायलको सुरक्षा दस्तामा २ दर्जन पटक आक्रमण गरेको जनाएको छ ।
इरानका राष्ट्रपति मसुद पेजस्कियनले मंगलबार गरिएको मिसाइल आक्रमणको बारे प्रतिक्रिया दिएका छन् । पेजेस्कियनले इजरायलले प्रतिक्रिया जनाएमा यसको बदलामा इरान पनि चुप लागेर नबस्ने तथा अझ कठोर परिणाम आउन सक्ने जनाएका छन् । यस घटना पनि जोर्डन, अमेरिका र बेलायतले आक्रमणको निन्दा गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगै इरानको आक्रमणको प्रतिकार जनाउने अधिकार भए पनि त्यहाँको आणविक भट्टीमा आक्रमण गर्ने कुरामा सहमत नभएको जनाएका छन् ।