Breaking 
लिची खानुका ६ फाइदा | हुसेन सलामी मारिएपछि इरानको रिभोलुसनरी गार्डको नयाँ प्रमुख बने वाहिदी | न्यायाधीशमाथि कालो मोसो प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइयो | सोनामे डेग–डेगपर कर | रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी | बमको हल्लापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण | स्थानीय तहका पदाधिकारीहरूको वैदेशिक भ्रमणको विवरण सामान्य प्रशासन मन्त्रालयले माग्यो | सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायी आन्दोलित | एकै दिन ४ हजार २ सयले बढ्यो सुनको मूल्य | भिजिट भिसा प्रकरणमा धारणा बनाउन संघिय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै |

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक





एजेन्सी ।
इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न रोक लगाएको छ ।
राष्ट्रसंघका महासचिव गुटेरेसनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।’
गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ । साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् ।
उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् ।