काठमाडौं ।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् ।