Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानद्वारा इजरायलमा मिसाइल हमला, इरानमा उत्सव





एजेन्सी ।
इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाए ।
यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको तस्बिर पनि देखियो । कतिपयले पटाका समेत पड्काए । हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए ।
यसैबिच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
यता इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन् । उनले भने, ‘इरानले आज ठुलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा नियमहरूमा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ ।’