Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

धाक धम्की दिइएको भन्दै लक्ष्मिनिया गाउँपालिकाका कर्मचारी आन्दोलित





जनकपुरधाम ।
दुई हाकिम रहेका कारण धनुषाको लक्ष्मिनिया गाउँपालिकाको काम प्रभावित हुँदै आईरहेको समयमा कर्मचारीहरु समेत आन्दोलित भएका छन् । दुई हाकिम हुँदा आफूहरुलाई मानसिक रुपमा यातना दिइएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आन्दोलित कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र समेत बुझाएका छन् । कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा गाउँपालिकाको काम नियमित रुपमा भइरहँदा हाकिम भएर सरुवा भएका सर्वजीत कुमार झाले अनाधिकृत पत्र मार्फत यस गाउँपालिकाको कर्मचारीहरुलाई कारवाहीको चेतावनी तथा स्पष्टिकरण माग लगायत अमर्यादित व्यवहार प्रति घोर निन्दा तथा भत्सर्ना गर्दछौँ उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु विरोध गर्न बाध्य भई अत्यावश्यक सेवा वाहेक सम्पुर्ण कामकाज ठप्प गर्न वाध्य छौं तथा यसै पत्र मार्फत पेन डाउन गरिएको व्यहोरा जानकारी गराउँदछौं तथा निज सर्वजीत कुमार झाले गैर जिम्मेवार तथा गैर कानुनी पत्र फिर्ता नलिएको खण्डमा अझ सशक्त आन्दोलन गर्न बाध्य हुनेछौ ।’
राजनीतिक द्वन्द्वका कारण सिर्जित दुई हाकिम बिचको विवादबाट यहाँका कर्मचारीहरु टाढै रहेपनि जानाजान कर्मचारीहरुलाई यातना दिने काम भएकाले आफूहरु बाध्य भएर पेन डाउन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन आएको इन्जिनियर राकेश यादवले बताए । उनले कर्मचारीहरुलाई अनावश्यक रुपमा तनाव दिनेगरी पत्र काटिएकाले आफूहरु आन्दोलित भएको बताए ।