Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धाक धम्की दिइएको भन्दै लक्ष्मिनिया गाउँपालिकाका कर्मचारी आन्दोलित





जनकपुरधाम ।
दुई हाकिम रहेका कारण धनुषाको लक्ष्मिनिया गाउँपालिकाको काम प्रभावित हुँदै आईरहेको समयमा कर्मचारीहरु समेत आन्दोलित भएका छन् । दुई हाकिम हुँदा आफूहरुलाई मानसिक रुपमा यातना दिइएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आन्दोलित कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र समेत बुझाएका छन् । कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा गाउँपालिकाको काम नियमित रुपमा भइरहँदा हाकिम भएर सरुवा भएका सर्वजीत कुमार झाले अनाधिकृत पत्र मार्फत यस गाउँपालिकाको कर्मचारीहरुलाई कारवाहीको चेतावनी तथा स्पष्टिकरण माग लगायत अमर्यादित व्यवहार प्रति घोर निन्दा तथा भत्सर्ना गर्दछौँ उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु विरोध गर्न बाध्य भई अत्यावश्यक सेवा वाहेक सम्पुर्ण कामकाज ठप्प गर्न वाध्य छौं तथा यसै पत्र मार्फत पेन डाउन गरिएको व्यहोरा जानकारी गराउँदछौं तथा निज सर्वजीत कुमार झाले गैर जिम्मेवार तथा गैर कानुनी पत्र फिर्ता नलिएको खण्डमा अझ सशक्त आन्दोलन गर्न बाध्य हुनेछौ ।’
राजनीतिक द्वन्द्वका कारण सिर्जित दुई हाकिम बिचको विवादबाट यहाँका कर्मचारीहरु टाढै रहेपनि जानाजान कर्मचारीहरुलाई यातना दिने काम भएकाले आफूहरु बाध्य भएर पेन डाउन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन आएको इन्जिनियर राकेश यादवले बताए । उनले कर्मचारीहरुलाई अनावश्यक रुपमा तनाव दिनेगरी पत्र काटिएकाले आफूहरु आन्दोलित भएको बताए ।