Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

बाढी पहिरोका कारण देशभर २२४को मृत्यु, १७ अर्ब बढीको क्षति





काठमाडौं ।
सरकारले भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण १७ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिँदै बाढी पहिरोमा परेर २२४ जनाको मृत्यु भएको र २४ जना अझै बेपत्ता रहेको जानकारी दिए । १५८ जना भने घाइते भएका छन् ।
बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।