Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक लाख धरौटी लिएर दुर्गा प्रसाईँलाई छोड्न आदेश





काठमाडौँ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।
प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।