Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लेबनानमा पस्यो इजरायली सेना





एजेन्सी ।
निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो ।
आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ ।
इजरायली सेनाले सीमानजिकका गाउँहरूलाई निशाना बनाएको बताएको छ । यहाँबाट हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने गरेको छ । आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि खटाएको जनाएको छ । गुप्तचरका सूचनाका आधारमा यी आक्रमणहरू भइरहेको इजरायलले जनाएको छ । जहाँ स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ ।
इजरायलले लेबनानमा स्थलगत कारबाहीका लागि अमेरिकाको समर्थन पाएको छ । अमेरिकी विदेशमन्त्री लोयड अस्टिनले इरानले इजरायलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । यद्यपि, राष्ट्रपति बाइडेनले सोमबार इजरायल र लेबनानबीच तत्काल युद्धविराम हुनुपर्ने धारणा राखेका थिए ।
समाचार एजेन्सी एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो । उक्त समयमा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो । जसमा ११ सयभन्दा बढी लेबनानी मारिएका थिए । इजरायलतर्फ भने ४९ नागरिक र १ सय २१ सैनिकको ज्यान गएको थियो ।