Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस लोकसेवा आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन





जनकपुरधाम ।
मधेस प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवले प्रदेश प्रमुख भण्डारीलाई आर्थिक वर्ष २०८०÷०८१को प्रतिवेदन बुझाएका हुन् ।
आयोगले बुझाएको प्रतिवेदनमा मधेस लोक सेवा आयोगले आह्वान गर्ने विज्ञापनमा आवेदन दिनेहरुको संख्यामा ५० प्रतिशतले कमी आएको देखिएको छ । प्रतिवेदनअनुसार गत आवमा आयोगद्वारा आह्वान गरिएको विज्ञापनमा ५०.७१ प्रतिशत कम आवेदन परेको हो ।
आयोगले गत आवमा कुल १८९ पदमध्ये खुला तथा समावेशीतर्फको १०६ र अन्तरसेवा तर्फको ११ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो भने बढुवातर्फ ७२ पदकालागि विज्ञापन गरेको थियो । आयोगले आह्वान गरेको विज्ञापनमा प्रदेश निजामती सेवातर्फ महिला २ हजार ४सय १ र पुरुष ७ हजार ९सय ३२ गरी १० हजार ३३३ जनाले आवेदन भरेका थिए ।