जनकपुरधाम ।
मधेस प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवले प्रदेश प्रमुख भण्डारीलाई आर्थिक वर्ष २०८०÷०८१को प्रतिवेदन बुझाएका हुन् ।
आयोगले बुझाएको प्रतिवेदनमा मधेस लोक सेवा आयोगले आह्वान गर्ने विज्ञापनमा आवेदन दिनेहरुको संख्यामा ५० प्रतिशतले कमी आएको देखिएको छ । प्रतिवेदनअनुसार गत आवमा आयोगद्वारा आह्वान गरिएको विज्ञापनमा ५०.७१ प्रतिशत कम आवेदन परेको हो ।
आयोगले गत आवमा कुल १८९ पदमध्ये खुला तथा समावेशीतर्फको १०६ र अन्तरसेवा तर्फको ११ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो भने बढुवातर्फ ७२ पदकालागि विज्ञापन गरेको थियो । आयोगले आह्वान गरेको विज्ञापनमा प्रदेश निजामती सेवातर्फ महिला २ हजार ४सय १ र पुरुष ७ हजार ९सय ३२ गरी १० हजार ३३३ जनाले आवेदन भरेका थिए ।