Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रिय मुक्ति क्रान्तिले ७७ वटै जिल्लामा तोक्यो संयोजक





काठमाडौँ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिको राजधानी काठमाडौँमा बसेको बैठकबाट ७७ वटै जिल्लामा संयोजक तोकिएको हो । बैठकले हालै भएको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न ७७ वटै जिल्लाका संयोजकलाई आग्रह पनि गरेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
जसअनुसार धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, पर्सामा राजेश साह, बारामा अमरदेव यादव, रौतहटमा अवधलाल राय, सप्तरीमा दिपेन्द्र चौधरी, सर्लाहीमा बिनोद साह र सिरहामा सत्यनारायण यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
गत असोज १ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पार्टीको रुप धारण गरेको थियो ।