काठमाडौँ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिको राजधानी काठमाडौँमा बसेको बैठकबाट ७७ वटै जिल्लामा संयोजक तोकिएको हो । बैठकले हालै भएको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न ७७ वटै जिल्लाका संयोजकलाई आग्रह पनि गरेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
जसअनुसार धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, पर्सामा राजेश साह, बारामा अमरदेव यादव, रौतहटमा अवधलाल राय, सप्तरीमा दिपेन्द्र चौधरी, सर्लाहीमा बिनोद साह र सिरहामा सत्यनारायण यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
गत असोज १ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पार्टीको रुप धारण गरेको थियो ।