Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

मधेसमा बाढीका कारण कृषिमा अर्बोको क्षति





जनकपुरधाम ।
मधेस नेपालका लागि अन्न भण्डार क्षेत्रको रुपमा रहेको छ । तर अबिरल बर्षापछि आएको बाढीका कारण मधेसका खेतहरुमा लहलहाई रहेको धानमा क्षति पुर्याएको छ । मधेस मत्स्य पालनकालागि समेत चिनिन्छ । मत्स्य पालनमा समेत बाढीको पानीले करोडौको क्षति पुर्याएको छ । अविरल वर्षापछि आएको बाढीले मधेसमा सबैभन्दा बढी धान र माछामै क्षति पुर्याएको छ ।
मधेस प्रदेशको कृषि विकास निर्देशनालयले बर्षाले मधेस प्रदेशमा ५ अर्ब ३३ करोड ७५ लाख रुपैंयाको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले मधेस प्रदेशमा सबैभन्दा बढी कृषि र मत्स्य क्षेत्रलाई प्रभावित बनाएको बताए । ४२ हजार ६९ हेक्टर क्षेत्रफलको धानबालीमा ५ अर्ब ४ करोड ८३ लाख रुपैंया बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै २३०० हेक्टर क्षेत्रफलको मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षतिको अनुमान गरिएको छ । ८५ हेक्टर क्षेत्रफलको उखुमा ३ करोड ४० लाखको क्षति भएको छ । ४हजार ३सय ९३ हेक्टर क्षेत्रफलको तरकारीमा क्षति पुर्याउँदा १ करोड ३२ लाखको क्षति भएको हो ।
फलफूलमा ४४ हेक्टर क्षेत्रफल प्रभावित हुँदा ४४ लाखको क्षति भएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षी नोक्सान हुँदा ७७ लाखको क्षति भएको अनुमान गरिएको निर्देशनालयका प्रमुख यादवले बताए ।
कुन जिल्लामा कति क्षति ?
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मधेसको आठ जिल्ला मध्य सबैभन्दा धेरै रौतहटमा धानबालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजारको क्षति भएको छ ।
त्यसपछि सप्तरीमा ९ हजार ३ सय ६७ हेक्टर क्षेत्रफलको धानबाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजारको क्षति भएको छ । बारामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।
त्यस्तै सर्लाहीमा पनि धानबालीमा धेरै क्षति गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार सर्लाहीमा ६ हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा ६९ करोडको क्षति भएको छ । मधेस प्रदेशको धनुषामा ७०० हेक्टरमा क्षति पु¥याएको छ ।
सिराहामा कम क्षति गरेको छ । सिराहामा १५८.६ हेक्टर क्षेत्रफलमा मात्रै धानबालीमा क्षति पुगेको छ । पशुपंक्षीमा सबैभन्दा बढी सर्लाहीमा धेरै क्षति पु¥याएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षीमा क्षति पुगेको मध्य सर्लाहीको मात्रै १० हजार वटा पशुपंक्षीमा क्षति पुगेको छ ।