

जनकपुरधाम ।
नेपालकालागि भारतीय राजदूत नविन श्रीवास्तवले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । सोमबार जनकपुरधाम आईपुगेका राजदूत श्रीवास्तवले मंगलबार बिहानै जानकी मन्दिर पुगेर पूजा अर्चना गरेका हुन् । उनलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागत गरेका थिए ।
भारतको उत्तर प्रदेशका राज्यपाल आनन्दी बेन पटेलको जनकपुरधाम भ्रमणलाई लिएर उनी जनकपुरधाम आइपुगेका थिए । राजदूत श्रीवास्तवले राज्यपाल पटेललाई जनकपुरधाममा स्वागत गर्नकालागि आइपुगेका थिए । उनी संगै वीरगंजस्थित भारतीय वाणिज्य महादूतावासको महावाणिज्य दूत देवी सहाय मीना, वाणिज्य दूत तरूण कुमार , वाणिज्य दूत संतोष ठाकुर समेत जनकपुरधाम आई पुगेका थिए । राज्यपाल पटेलको जनकपुरधाम भ्रमण स्थगित भएपछि राजदूत श्रीवास्तवको आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
