Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बिहारको १६ जिल्ला डुवानमा, १६ लाख बढी मानिस प्रभावित





एजेन्सी ।
नेपालमा गत बिहीबारदेखि तीन दिन परेको अविरल वर्षाका कारण भारतको बिहारमा बाढीले वितण्डा मच्चाएको छ । नेपालमा भारी वर्षापछि बिहारका १६ जिल्लामा बाढी आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बिहारको दरभंगा, सीतामढी, बेतिया, बगाहा जस्ता जिल्लाको अवस्था निकै खराब रहेको समाचारमा उल्लेख छ । बाढीले राज्यका धेरै तटबन्धहरू भत्किएका छन् । राहत र उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।
भारतीय सञ्चारमाध्यम आजतका अनुसार राज्यका लगभग सबै नदीको जलस्तर बढेको छ । जसका कारण धेरै जिल्लाको अवस्था नियन्त्रण बाहिर गएको छ । सरकारले एनडीआरएफको १२ टोली र एसडीआरएफको २२ टोली उद्धार कार्यमा खटाएको छ ।
बिहारका एक अधिकारीले द इन्डियन एक्सप्रेसलाई बताएअनुसार धेरै साना नदीहरूमा पानीको स्तर घटे पनि अवस्था अझै गम्भीर छ । बाढीबाट १६ लाखभन्दा बढी मानिस प्रभावित भएको समाचार उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार किरातपुर ब्लकको शहरसा क्षेत्रमा रहेको कोशी नदीको बाँध फुटेको छ । बाँध भत्किँदा एक लाख जनसंख्या प्रभावित भएको छ । मोतिहारीमा सोमबार सिकरहना खोलाको सुगौलीमा बनेको चक्रपथ पनि फुटेको थियो । सीतामढीमा पनि अवस्था निकै नाजुक छ । पश्चिम चम्पारणमा पनि गण्डक नदीको तटबन्ध भत्किएपछि वाल्मीकि टाइगर रिजर्भमा बाढीको अवस्था देखिएको समाचारमा उल्लेख छ ।