

एजेन्सी ।
इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न लागेको पुष्टि गरेको छ । यो ’स्थानीय, सीमित र लक्षित’ हुने इजरायलले बताएको हो ।
केही हेलिकप्टरहरू हाल उत्तरी इजरायलमा गस्ती गरिरहेका छन् । यसबाहेक केही टाढाबाट गोली चलेको आवाज पनि सुनिएको छ । गत राति धेरै ठुला विस्फोटको आवाज सुनिएको बीबीसी जानकारी दिएको छ । यो स्थल कारबाही कति ठुलो हुने वा कस्तो अभियान चल्छ भन्ने अझै स्पष्ट भएको छैन । केही दिनदेखि त्यहाँ सैनिक भेला हुन थालेका थिए भने सीमाबाट अलि पर दुई दर्जन ट्याङ्क देखिएका थिए । इजरायलले विगत केही हप्ताहरूमा हिजबुल्लाहलाई लक्षित ठुलो हवाई आक्रमण गरिरहेको छ । तर यस प्रकारको स्थल आक्रमण भने फरक प्रकारको युद्ध हो ।
