Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम २४का वडाध्यक्षबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

वडाध्यक्ष सहनी निलम्बित





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका– २४ का वडाध्यक्ष उपेन्द्र सहनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । वडाध्यक्ष सहनीबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएसंगै उनी निलम्बनमा समेत परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घर बाटो प्रमाणित गरिदिनकालागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अरोपमा वडाध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साहु तेली र कार्यालय सहयोगी विजय मण्डललाई नियन्त्रणमा लिएको थियो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले घर बाटो प्रमाणित गरिदिनकालागि सेवाग्राहीसँग साढे ४ लाख घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा वडाध्यक्षसहित तीनजनालाई पक्राउ गरेकोमा अनुसन्धानको सिलसिलामा तीनै जनाको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले वडाध्यक्ष र वडा सचिवसहित तीनैजना विरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिए ।