Breaking 
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर |

जनकपुरधाम २४का वडाध्यक्षबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

वडाध्यक्ष सहनी निलम्बित





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका– २४ का वडाध्यक्ष उपेन्द्र सहनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । वडाध्यक्ष सहनीबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएसंगै उनी निलम्बनमा समेत परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घर बाटो प्रमाणित गरिदिनकालागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अरोपमा वडाध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साहु तेली र कार्यालय सहयोगी विजय मण्डललाई नियन्त्रणमा लिएको थियो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले घर बाटो प्रमाणित गरिदिनकालागि सेवाग्राहीसँग साढे ४ लाख घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा वडाध्यक्षसहित तीनजनालाई पक्राउ गरेकोमा अनुसन्धानको सिलसिलामा तीनै जनाको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले वडाध्यक्ष र वडा सचिवसहित तीनैजना विरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिए ।