Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तर प्रदेशका राज्यपाल पटेलको जनकपुरधाम भ्रमण स्थगित





जनकपुरधाम ।
भारतको उत्तर प्रदेशका राज्यपाल आनन्दी बेन पटेलको जनकपुरधाम भ्रमण स्थगित भएको छ । पटेलको आज हुने भनिएको जनकपुरधाम भ्रमण अन्तिम समयमा आएर अचानक स्थगित गरिएको हो । उनको स्वास्थ्यमा समास्या आएका कारण जनकपुरधामको भ्रमण स्थगित गरिएको बताइएको छ ।
यता श्रोतका अनुसार नेपाल अहिले शोकको घडीमा रहेकाले उनको भ्रमण स्थगित गरिएको हुन सक्ने बताइएको छ । नेपालमा बाढी पहिरो तथा डुवानबाट २सभ भन्दा बढी नागरिकको मृत्यु भएकाले राष्ट्रिय शोकको घोषणा नेपाल सरकारले सोमबार साँझ गरेपछि उनको भ्रमण स्थगित गर्नु परेको बताइएको छ ।
उत्तर प्रदेशका राज्यपाल पटेलको जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको थियो ।