Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

उत्तर प्रदेशका राज्यपाल पटेलको जनकपुरधाम भ्रमण स्थगित





जनकपुरधाम ।
भारतको उत्तर प्रदेशका राज्यपाल आनन्दी बेन पटेलको जनकपुरधाम भ्रमण स्थगित भएको छ । पटेलको आज हुने भनिएको जनकपुरधाम भ्रमण अन्तिम समयमा आएर अचानक स्थगित गरिएको हो । उनको स्वास्थ्यमा समास्या आएका कारण जनकपुरधामको भ्रमण स्थगित गरिएको बताइएको छ ।
यता श्रोतका अनुसार नेपाल अहिले शोकको घडीमा रहेकाले उनको भ्रमण स्थगित गरिएको हुन सक्ने बताइएको छ । नेपालमा बाढी पहिरो तथा डुवानबाट २सभ भन्दा बढी नागरिकको मृत्यु भएकाले राष्ट्रिय शोकको घोषणा नेपाल सरकारले सोमबार साँझ गरेपछि उनको भ्रमण स्थगित गर्नु परेको बताइएको छ ।
उत्तर प्रदेशका राज्यपाल पटेलको जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको थियो ।