काठमाडौँ ।
बाढी पहिरोबाट देशमा सयौँ नागरिकको मृत्यु भएप्छि सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार अबेर साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।