Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

दशैँमा पनि मनसुन नबाहिरिने संकेत, दशैँमा सामान्य वर्षाको सम्भावना





काठमाडौँ ।
यसपटकको दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन नहट्ने सम्भावना बढेको छ । मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । जुन मिति बुधबार हो ।
तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् । ‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन ।’
उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपालमा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ । ‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ ।’
त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन् ।
मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो । तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो । नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ । मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ । त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन् ।