

काठमाडौँ ।
धादिङको मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलामा दुईवटा माईक्रो बस र एउटा बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाए । ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गर पुरिँदा ३५ जनाले ज्यान गुमाएका हुन् ।
पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको छ । नियमित बाहेक ७५ जना थप मद्धत सो सड्क खण्डमा परिचालन गरिएको बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माले बताए । उनले भने, ‘ट्राफिकको एसपीको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।’
बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
