Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

एनईए मधेसका नवनिर्वाचित पदाधिकारीहरुले गरे शपथ ग्रहण





जनकपुरधाम ।
नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) मधेसका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केही साता अगाडी एसोसिएसनको नयाँ नेतृत्वकालागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोह सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष गौरी पण्डितलाई निर्वाचन समिति सदस्य रामरतन यादवले शपथ ग्रहण गराएका थिए । अध्यक्ष पण्डितले भने बाँकी निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । उनले सचिवमा निर्वाचित अजित मण्डल, सहसचिव सफल साह, कोषाध्यक्ष उदितकुमार यादव, सदस्यहरु मनोज साह, अर्चना यादव, रुपेशकुमार यादव, बलिराम साह र अजयकुमार यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । केही नवनिर्वाचित पदाधिकारीहरु उपस्थित नरहेकाले उनीहरुको शपथ ग्रहण गराउन नसकिएको अध्यक्ष पण्डितले जानकारी दिए ।
यसका साथै एसोसिएसनले हिन्दु धर्माबलम्बीहरुको पर्व विजय दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।