Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनईए मधेसका नवनिर्वाचित पदाधिकारीहरुले गरे शपथ ग्रहण





जनकपुरधाम ।
नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) मधेसका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केही साता अगाडी एसोसिएसनको नयाँ नेतृत्वकालागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोह सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष गौरी पण्डितलाई निर्वाचन समिति सदस्य रामरतन यादवले शपथ ग्रहण गराएका थिए । अध्यक्ष पण्डितले भने बाँकी निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । उनले सचिवमा निर्वाचित अजित मण्डल, सहसचिव सफल साह, कोषाध्यक्ष उदितकुमार यादव, सदस्यहरु मनोज साह, अर्चना यादव, रुपेशकुमार यादव, बलिराम साह र अजयकुमार यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । केही नवनिर्वाचित पदाधिकारीहरु उपस्थित नरहेकाले उनीहरुको शपथ ग्रहण गराउन नसकिएको अध्यक्ष पण्डितले जानकारी दिए ।
यसका साथै एसोसिएसनले हिन्दु धर्माबलम्बीहरुको पर्व विजय दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।