Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

बाढी पहिरो प्रभावितलाई सचिवहरुले ५ दिनको तलब राहत स्वरुप दिने





काठमाडौं ।
बाढी–पहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन नेपाल सरकारका सचिवहरुले ५ दिन बराबरको तलब दिने भएका छन् ।
सोमबार बसेको सचिव बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका पदाधिकारीको ५ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले बाटोमा अलपत्र परेका यात्रुहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गन्तव्यमा पु¥याउने, विपद् पीडितलाई प्रदेश र स्थानीय तह मार्फत अस्थायी आवास निर्माण र खाद्यान्नका लागि राहत दिने निर्णय गरेको छ ।
त्यस्तै बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीर्घ खुलाई आवागमन सहज बनाउन भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने र नेपाली सेनाको प्राविधिक सहयोगमा आवश्यक ठाउँमा बेलिब्रिज राख्ने निर्णय पनि सचिव बैठकले गरेको छ ।